काठमाडौं । पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोर्ने दुईजना पक्राउ परेका छन् । भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेका छन् ।
मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दै गरेको सिसि क्यामेरामा देखिएपछि कोषका कर्मचारी परियारसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि अहिले प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जनाएको छ ।
परियार पशुपतिमा बाजा बजाउने कर्मचारी रहेको र पक्राउ परेका उनले कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको बयान दिएको प्रहरीको भनाइ छ ।