March 2, 2024, Saturday
२०८० फाल्गुन १९
1:37:26 pm

नियन्त्रीत लागुऔषध गाँजासहित १४ जना पक्राउ

580

विराटनगर । सुनसरीको धरान उप–महानगरपालिका– १३ जिरोप्वाईन्टबाट ठुलो परिमाणमा नियन्त्रीत लागुऔषध गाँजासहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट अमरहाट धरानबाट आईतबार बिहान खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको BR10P9154 / MP17TA0512 नम्बरको दुई वटा बलेरो गाडीलाई रोकेर चेकजाँच गर्ने क्रममा दुईवटा गाडीबाट १ सय ४९ केजी गाँजा बरामद भएको थियो ।

गाँजा बरामद भएसँगै ओसार पसारमा संलग्न रहेका चालकहरू भारत बिहारका ३१ बर्षीय मनोरन्जन मुइमार, ३९ बर्षीया गोपी मण्डल र गाडीमा सवार रहेका २३ बर्षीय संजय कुमार मण्डल, ३५ बर्षीया रेखा देवी, ३५ बर्षीया रिङ्की देवी, ३५ बर्षीया दया मण्डल, ३७ बर्षीय राजेश मण्डल, ४० बर्षीया पुनम देवी र २४ बर्षीया गुडिया देवीलाईसमेत पक्राउ गरेको हो ।

Advertisement

पक्राउ गरेसँगै उक्त घटनामा BR10AJ4486 नम्बरको कार चालक भारत बिहारका २३ बर्षीय सन्तोष साह, कारमा सवार २३ बर्षीय अंकित कुमार यादव, राजा जैसवाल, शिवम् सिंह र सत्यम यादवको संलग्नता रहेको पाईएकोले उनीहरुलाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो ।
बरामद गरेको लागुऔषध गाँजा, सवारी साधन र पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।