विराटनगर । धनुषामा लुटेरा समूहले १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको छ । महोतरीको सम्सी गाउँपालिका–२ पर्सामा बालिकालाई चार जनाको समूहले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरीका अनुसार ल सोनमा घर भई मामा घरमा बोल्न नसक्ने आमा र हजुरआमासँग बस्दै आएकी बालिकालाई लुटेराहरूले घरबाट १ किलोमिटर दूरीमा रहेको खेतमा लगेर बलात्कार गरेको हो ।
मंगलबार राति चार जनाको घरमा लुटपाट गर्दै आमा र हजुरआमालाई घरमा थुनेर बालिकालाई खेतमा लगेर बलात्कार गरेको स्थानीयले बताएको प्रहरीको भनाइ छ ।
पीडित बालिकाको बयानअनुसार अटनास्थल मुचुल्का र दिएको हुलिया अनुसार केही व्यक्तिलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
आमा बोल्न नसक्ने र बालिका डराएका कारण मंगलबार राति भएको घटना बुधबार साझ मात्रै सार्वजनिक भएको थियो । घटना सार्वजनिक भएपछि बलात्कृत बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । घटनाबारे प्रहरीलाई जानकारी गराएपछि शंकास्पद केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । चार जनाको समूहमा रहेका लुटेराहरूले स्थानीय सुरेन्द्र चौधरीको घरबाट १० हजार रुपैयाँ लुटपाट गरेका थिए ।