June 24, 2025, Tuesday
२०८२ असार १०
1:37:26 pm

चाँदीको सरसमान सहित पक्राउ

1.1K

विराटनगर । मोरङको रङगेली नगरपालिका-७ कालीमन्दिर चोकबाट साढे २ केजी भन्दा बढीको चाँदीका सरसमान सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अवैध रुपमा चाँदीका समानहरुको ओसारपसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले आज बिहान ११ बजे भारत अररिया आमगाछी पञ्चायत-१३ का २२ बर्षीय मोहमत अलताफलाई चाँदीका समान सहित पक्राउ गरेको हो ।

अलताफको साथबाट प्रहरीले चाँदीको पाउजु ६९ जोडी, चाँदीको लोटा २५ थान, चाँदीको कलस ६ थान गरी जम्मा २ के.जी.५४८ ग्राम चाँदी बरामद गरेको हो ।

Advertisement

अवैध रुपमा लुकाई छिपाई बोकेको चाँदीका समान सहित पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।