May 30, 2024, Thursday
२०८१ जेष्ठ १७
1:37:26 pm

पाँचथरमा छिमेकीले भरुवा बन्दुकले हान्दा एक घाइते

675

काठमाडौं । फिदिम- ११ फलाटेमा छिमेकीले भरुवा बन्दुकले हान्दा एक घाइते भएका छन् ।

गाउँकै स्थानीय भगेन्द्र घिमिरेले भरुवा बन्दुकले हान्दा हाइड्रोको डिउटीमा जाँदै गरेका मेघराज आङवो घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घाइते आङवोलाई जिल्ला अस्पताल पाँचथरले थपउपचारको लागि सुविधा समपन्न अस्पततालमा रेफर गरिरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्ष सुमित कुस्वाहकले जानकारी दिए ।

Advertisement

दुईजनाको बिबादको कारण घिमिरेले भरुवा बन्दुकले हानेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।  आङ्बोलाई बन्दुक हान्ने घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।