काठमाडौं । दाङको घोराहीमा प्रहरी जवानले श्रीमती र छोराको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेका हुन् ।
प्रहरीका अनुसार अभियुक्त नेपालीले ‘नेपालगन्जबाट श्रीमती आएकी छिन्’ भनी शनिबार राति कार्यालयबाट बिदा मागेर गएको तर घोराहीको सहिद गेटस्थित सुपरलज होटलको कोठा नं. १ मा बास बसेका थिए ।
उनले आइतबार बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको आफैंले स्वीकार गरेको प्रहरीले जनाएको छ। श्रीमती र छोराको हत्यापछि उनी आफैं प्रहरी कार्यालयमा उपस्थित भएको प्रहरीले जनएको छ ।
नेपालीको घर रुन्टीगढी गाउँपालिका–९, रोल्पा हो भने श्रीमतीको माइती रुकुम चौरजहारी हो ।