May 30, 2024, Thursday
२०८१ जेष्ठ १७
1:37:26 pm

काँचो माछाभित्र ब्राउन सुगर हालेर कैदी भेट्न जाने व्यक्ति पक्राउ

615

विराटनगर । काँचो माछाभित्र ब्राउन सुगर हालेर कैदी भेट्न जाने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा गुलरिया नगरपालिका-२ संगमबस्तीका २२ वर्षीय विजय तिरूवा रहेका छन् ।

प्रहरीका अनुसार तिरुवाले बर्दिया जिल्ला कारागारमा कैदीलाई भेट्ने बहानामा काँचो माछाभित्र प्रतिबन्धित लागुऔषध ब्राउन सुगर लुकाएर लैजान खोजेका थिए ।

पक्राउ परेका व्यक्तिउपर थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Advertisement

विजयले काँचो माछाभित्र ५२० मिलीग्राम ब्राउन सुगर लुकाएका थिए।