May 30, 2024, Thursday
२०८१ जेष्ठ १७
1:37:26 pm

‘पार्सल पठाएको छु’ भन्दै पैसा ठगी गर्ने गिरोहको एकजना पक्राउ

655

पाँचथर । प्रहरीले ठगीमा संलग्न एकजना युवकलाई पाँचथरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको राजविराज घर भएका २६ वर्षीय डम्बर शाह छन् ।

दुई वर्षको बिचमा उनले डेढ अर्बको कारोबार गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।

अनलाइनमार्फत ‘पार्सल पठाएको छु’ भनेर पीडितलाई विश्वास दिलाएपछि सामान छुटाउन पैसा डिपोजिट गर्न लगाउने गिरोहसँग शाहको ‘कनेक्सन’ भेटिएको छ । पार्सल पठाउने नाममा ठग्ने गिरोहले डम्बरको खातामा पैसा डिपोजिट गर्न लगाउने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । पछिल्लो दुई वर्षको बिचमा ३४ वटा खाताबाट डम्बरको खातामा पैसा डिपोजिट भएको अनुसन्धानबाट थाहा भएको छ ।

Advertisement

ठग्ने समूहले पार्सल हिँडेको भन्ने र भन्सारले सामान रोकेको बहाना बनाएर ठग्दै आएका छन् । त्यसबारे अनुसन्धान गर्दा शाहले चारवटा विकल्प दिएर ठगीमा संलग्न आरोपीहरूको रकमको कारोबार गर्ने गरेको भेटिएको छ ।

आफ्नो खातामा जम्मा भएको पैसालाई क्रिप्टोमा रूपान्तरण गर्ने, नगद चाहिनेलाई नगद र खातामा राख्न चाहनेलाई उनले राख्ने सुविधा दिँदै आएका थिए । सो बापत उनले कमिसन लिने गरेको अनुसन्धानमा संलग्न इन्स्पेक्टर निर्मल थापाले बताए ।