March 24, 2025, Monday
२०८१ चैत्र १२
1:37:26 pm

एउटै कोठामा बस्दै आएका प्रेमिकाको हत्या

1K

काठमाडौं। काठमाडौंमा एक व्यक्तिले आफ्नो प्रेमिकाको हत्या गरेका छन् । स्वयम्भूस्थित शोभा भगवतीमा भएको उक्त घटना ३ महिना पछि मात्रै बाहिरिएको हो ।

प्रहरीका अनुसार डेरा लिएकाहरूले लामो समय कोठा बन्द गरेपछि घरधनीले कोठा खोल्दा घटना बाहिरिएको हो ।

माघ ३ मा शोभा भगवतीस्थित सरिता गिरीको घरको भुईँ तलामा ५१ वर्षीया सफिना मियाँको शव भेटिएको थियो । मृतक सफिना तनहुँ जिल्ला भिमाद नगरपालिका ५ कि स्थानीय भएको उनका छोराले सनाखत गरिदिएका छन् । 

Advertisement

सफिनालाई भारतीय नागरिक ईकरामुल हक अन्सारीले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । ४३ वर्षीय अन्सारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।