May 30, 2024, Thursday
२०८१ जेष्ठ १७
1:37:26 pm

‘गौसला २६’ को विवरण सार्वजनिक गरेको आरोपमा संखुवासभाका राई पक्राउ

790

काठमाडौं । ‘गौसला २६’ को नाम, थर र तस्बिर सार्वजनिक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सङ्खुवासभा घर भएका केशरमान राई रहेका छन् ।

क्रिकेटर सन्दीप लामिछानेबाट बलात्कृत किशोरीको उजुरीको आधारमा३२ वर्षीय केशरमानलाई सङ्खुवासभाबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ ।

सङ्खुवासभाको चिचिला गाउँपालिका वडा नम्बर–२ घर भएका राईले गौशाला–२६ को फोटो र नामथर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोप छ ।

Advertisement

उनीविरुद्ध जिल्ला अदालत काठमाडौँबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।