May 30, 2024, Thursday
२०८१ जेष्ठ १७
1:37:26 pm

आलमविरुद्धको मुद्दा स्थगितको सूचीमा

530

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्धको मुद्दा स्थगितको सूचीमा परेको छ । फाँट नम्बर ५ को गोला कुनै पनि न्यायाधीशले नतानेपछि उक्त मुद्दा स्थगितको सूचीमा परेको हो ।

आलममाथि २०६४ को संविधानसभा निर्वाचनताका रौतहटमा इँटाभट्टामा जिउँदै मान्छे जलाएको आरोप थियो । आलमको मुद्दामका आजबाट निरन्तर अन्तिम सुनुवाइ हुने भनिएको थियो । तर,अन्तिम सुनुवाइका लागि भनेर पेशी तोकिए पनि अधिकांश न्यायाधीश विदामा रहेकाले मुद्दा स्थगितको सूचीमा परेको हो ।

७ न्यायाधीशको दरवन्दी रहेको रौतहट जिल्ला अदालतमा आइतबार दुई न्यायाधीश मात्रै उपस्थित भएका थिए । न्यायाधीश अभावमा उक्त मुद्दाको पेसी स्थगितमा परेको हो ।

Advertisement