May 27, 2024, Monday
२०८१ जेष्ठ १५
1:37:26 pm

आफ्नै आमाले गरिन् ४ वर्षीय छोराको हत्या

705

काठमाडौं । भारतमा एक महिलाले आफ्नै छोराको हत्या गरेकी छन् । बैंगलोरस्थित आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनीकी सीईओले चार वर्षीय छोराको हत्या गरेको बताइएको छ ।

भारतीय समाचारमा उल्लेख भएअनुसार द माइन्डफुल एआई ल्याब कम्पनीकी सीईओ सूचना सेठले गोवाको एक होटेलको कोठामा आफ्नो छोराको हत्या गरेकि हुन् ।

३९ वर्षीया सूचना सेठले छोराको ज्यान लिनुअघि आफ्ना टाढिएका आफ्ना श्रीमानलाई भेट्न सकिन्छ कि भनेर म्यासेज पठाएकी थिइन् । जनवरी ६ मा सम्बन्धबाट टाढिएका पति वेंकटरमण पीआरलाई भोलिपल्ट छोरालाई भेट्न सक्छौ भनेर म्यासेज गरेकी थिइन् । 

Advertisement

उनले सूचनाको म्यासेजको जवाफ दिएको र छोरालाई भेट्न आउन भनिएको ठाउँमा दुई घन्टा पर्खिएको बताइएको छ । तर सूचनाले भने जनवरी ६ मा गोवाका लागि टिकट काटिसकेको र भेट्ने योजनामा नरहेको बताइएको छ ।

सूचनाले छोरालाई कपडा वा सिरानीले छोपेर हत्या गरेको बताइएको छ । उनलाई ८ जनवरीमा प्रहरीले पकाउ गरेको बताइएको छ ।

वेंकटरमणले सूचनालाई फोन र म्यासेज गरेको तर जवाफ नपाएपछि उनी आफ्नो कामले इन्डोनेसिया गएका थिए ।

सूचनाले आफ्ना साथी र परिवारलाई छोराले उनलाई आफ्नो पतिको अनुहारको सम्झना गराउने भन्ने गरेकी थिइन् ।