May 21, 2024, Tuesday
२०८१ जेष्ठ ८
1:37:26 pm

रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

790

विराटनगर । जिल्ला अदालत सर्लाहीले तपस्वी रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । बाल यौन शोषणको मुद्दामा जिल्ला प्रहरी कार्यालयले बिहीबार सर्लाही जिल्ला अदालतमा हाजिर गराएकोमा अदालतले बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । 

बम्जनलाई बिहीबार बसेको न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अदालतको आदेशपछि बम्जनलाई जिल्ला कारागार महोत्तरी लगिएको छ ।

उनीविरुद्ध जिल्ला अदालतमा ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’को आरोपमा मुद्दा परेको थियो ।

Advertisement

सर्लाहीको पत्थरकोटस्थित बम्जनको आश्रमस्थलमा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोप लगाउँदै तपस्वी बताउने बम्जनविरुद्ध बाल यौन शोषणको मुद्दा परेको थियो ।

बम्जनको मुद्धामा बिहीबार लगभग ४ घण्टा बहस चलेको थियो । वादीका तर्फबाट जिल्ला सरकारी वकिल कार्यलयका प्रमुख कैलाश दाहाल र अधिवक्ता अन्नत न्यौपाने तथा प्रतिवादीका तर्फबाट अधिवक्ताहरू डा. कुन्साङ लामा, अजय तामाङ, दिलिप कुमार झा, महनिधि सेडाई र अमृत कुमार लामाले बहस गरेका थिए ।

बहस पछि आरोपी बम्जनलाई घटनामा संलग्न छैन भन्ने पुष्टि हुन सक्ने आधार नभएको भन्दै अदालतले पुर्पक्षमा राख्ने दिएको हो ।