May 21, 2024, Tuesday
२०८१ जेष्ठ ८
1:37:26 pm

‘गौशाला २६’ को तस्वीर सार्वजनिक गर्ने सापकोटा रास्वपाबाट निलम्बित

795

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको छ । सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नभएको भन्दै उनलाई निलम्बन गरिएको हो ।

सापकोटाले क्रिकेटर सन्दीप लामिछानेबाट पीडित गौशाला २६ भन्दै सामाजिक संजालमा तस्वीर सार्वजनिक गरेका थिए । हाल उक्त तस्वीर सामाजिक सञ्जालबाट भने हटिसकेको छ ।

‘सामाजिक सञ्जाल प्रयोगमा संवेदनशिल नरहेको भन्दै रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको जानकारी गराउँदछौं। सापकोटाले गौशला-२६ (परिवर्तित नाम) को तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्दै अदालती फैसलासँग जोडेर पीडितप्रति कटाक्ष गरेका थिए’। रास्वपाले भनेको छ ।

Advertisement