March 5, 2024, Tuesday
२०८० फाल्गुन २२
1:37:26 pm

महिलासँगको भेटमा लिएको फोटो तथा भिडियो पठाउदै चरित्रहत्या गर्ने पुरुष पक्राउ

795

विराटनगर । सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन, रत्ननगर नगरपालिका – १० स्थायी वतन भई हाल काठमाडौं बस्ने ४२ वर्षीय चतुर्मान महतो रहेका छन् ।

महतोले सामाजिक सञ्जालमार्फत चिनजान भई भेटघाटको क्रममा लिईएका तस्विर तथा श्रव्य-दृश्य सम्पादन गरी मेसेजिङ एप मार्फत पठाई चरित्रहत्या गर्नुका साथै वैवाहिक जीवनमा समेत असर पार्ने गरी दुःख हैरानी दिने गरेका थिए ।

उक्त कार्यमा संलग्न जिल्ला विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा साईबर ब्यूरोबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement