काठमाडौं । प्युठानमा आमा र छोरा खरबारीमा मृत फेला परेका छन्। नौबहिनी गाउँपालिका –३ की २२ वर्षीया रिमा बुढा र उनका ३ वर्षीय छोरा मुस्कान घरनजिकै खरबारीको पाखोमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
कात्तिक २७ देखि हराइरहेका भनिएको रिमाको शव शुक्रबार राति फेला परेको हो । रिमाको शव फेला परेभन्दा केही मुन्ति शनिबार दिउँसो दुई बजे तिर छोरा मुस्कानको शव फेला परेको परेको प्रहरीले जनाएको छ ।
उनीहरू हराएको खबर शुक्रबार मात्रै माइती पक्षले प्रहरीमा दिएका थिए। रिमाका श्रीमान कमल बुढा मगर घरमै भए पनि उनीहरू हराएका बारेमा प्रहरीमा कुनै सूचना दिएका थिएनन्।
प्रहरीका अनुसार भिर मुन्तिर खरबारीको कान्लोमा फेला परेको आमाछोराका शवमा घाउखत रहेको र अनुसन्धान हुन बाँकी रहेको छ ।
घटना अनुसन्धान गर्न रिमाका २३ वर्षीय श्रीमान कमललाई शनिबार दिउँसो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रिमा र मुस्कानको शव पोस्टमर्टमपछि शनिबार बेलुकी आफन्तलाई बुझाइएको छ।