March 24, 2025, Monday
२०८१ चैत्र १२
1:37:26 pm

पेस्तोलसहित तीनजना पक्राउ

1.1K

विराटनगर । मोरङको धनपालथान गाउँपालिका-२ स्थितबाट कटुवा पेस्तोल सहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व सुरक्षा विशेष कार्ययोजना अनुसार प्रहरी चौकी अमाहीबरियातीबाट शुक्रबार राती साढे ९ बजे गस्तीमा खटिएको गस्ती टोलीले धनपालथान-२ स्थित भित्री सडक खण्डमा सडक छेउमा रोकी राखेको BR 06 PA 1362 नम्वरको स्कारपियो गाडीलाई संका लागि चेकजाँच गर्दा उक्त गाडीको ड्यासबोर्ड भित्र लुकाई राखेको कटुवा पेस्टोल १ थान र ३ राउण्ड गोलीसमेत फेला पारेको हो ।

गाडीमा गोलीसहित कटुवा पेस्तोल फेला परेसँगै गाडी चालक सर्लाही हरीपुर्वा-७ का २७ बर्षीय रबिन्द्र कुमार यादव र गाडीमा सवार रहेका सर्लाही हरीपुर्वा-७ का २० बर्षीय कमलेश कुमार यादव र महोत्तरी गौशाला-६ का २२ बर्षीय राम दयाल यादव समेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

कटुवा पेस्तोलसहति पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको छ ।