February 7, 2025, Friday
२०८१ माघ २५
1:37:26 pm

प्रेसर कुकरले हानी पिटर राईद्वारा श्रीमतीको हत्या

885

उदयपुर । त्रियुगा नगरपालिका–५ श्रीपुरमा प्रेसर कुकरले हानी श्रीमतीको हत्या भएको छ ।

३० वर्षीया छविमाया राईको हत्या गरेको अभियोगमा बस्ने ३२ वर्षीय पिटर राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरु श्रीमानश्रीमती हुन् ।

पिटरले घरायसी बिवादको कारण खाना पकाउने कुकर प्रहार गर्दा गम्भीर घाइते भएकी छविमायाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको थियो ।

Advertisement

मृत्युको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुर र ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले पिटर राईलाई पक्राउ गरेको हो ।