June 12, 2024, Wednesday
२०८१ जेष्ठ ३०
1:37:26 pm

लागुऔषध ब्राउनसुगरसहित चारजना पक्राउ

1.1K

विराटनगर । झापाको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार अपरान्ह ४ बजे झापाको बिर्तामोड नगरपालिका- ३ स्थितमा लागुऔषधको कारोबार भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका- ९ का ३० बर्षीय मोहन टुडु, ३७ बर्षीय सोम मर्डी र ३२ बर्षीय अंकित भन्ने डिल्ली बहादुर खड्कालाई प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ९८ ग्राम २ सय ४० मिलिग्राम सहित पक्राउ गरेको हो ।

यसैगरी झापाको गौरीगञ्ज गाउँपालिका- २ स्थितमा प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०१-०१५ प. ६७४६ नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गर्दा चालक दमक- ५ का २५ बर्षीय प्रकाश निरौलाको साथबाट ४ ग्राम ८ सय ३० मिलिग्राम ब्राउनसुगर फेला पारी स्कुटर सहित नियन्त्रणमा लिएको हो ।

Advertisement

लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थपअनुसन्धान भइरहेको छ ।