October 4, 2024, Friday
२०८१ आश्विन १८
1:37:26 pm

रिगललाई पुनः थुनामा राख्न माग गर्दै महिला अधिकारकर्मीहरूद्धारा प्रर्दशन

1.4K

काठमाडौँ । संविधान दिवसको अवसरमा सरकारबाट आममाफी पाएर जेलमुक्त भएका योगराज ढकाल ‘रिगल’लाई पुनः थुनामा राख्न माग गर्दै महिला अधिकारकर्मीहरूले आन्दोलन गरेका छन् । बुधवार महिला अधिकारकर्मीहरूले आममाफी फिर्ता गरी उनलाई जेल चलान गर्न माग गर्दै बरोध प्रदर्शन गरेका हुन् ।

रिगलले नेपालगञ्ज बजारमा चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय पाएका थिए । २०७२ असार २८ मा मानन्धरको हत्या अभियोगमा दोषी ठहर भएको थियो । उनलाई कैद मिनाह दिइएको भन्दै मृतककी पत्नी भारती मानन्धर माईतीघरमा अनसनरत छिन् ।

भारतीले न्याय पाउनुपर्ने र मानन्धरका आत्मालाई शान्ती दिन माग गर्दै महिला अधिकारकर्मीहरुले शान्तिपूर्ण खबरदारी बिरोध ¥याली गरेका छन् । विधिको शासन पालन गर्, हाम्रो जीवनको रक्षा गर सरकार, अपराधीलाई सम्मान गर्न बन्द गर्, जघन्य अपराधी रिगललाई जेल चलान गर् लगायतका प्लेकार्ड बोकेर बिरोध जनाएका उनीहरुले यो घटना संविधानको धज्जी उडाएको बताएका छन् । दिनदहाडै हत्या गरेको सजायमा सरकारले आममाफी दिनु भनेको अपराध भएको उनीहरुको ठम्याइ छ ।

Advertisement

रिगल बिरुद्धको मुद्दामा सर्वोच्च अदालतले सरकार र राष्ट्रपति कार्यालयको नाममा समेत कारण देखाउ आदेश जारी गरिसकेको छ ।