काठमाडौं । काठमाडौंको सुन्धारास्थित एक गेस्ट हाउसमा एक किशोरी मृत अवस्थामा भेटिएकी छिन् । घटनास्थलमा प्रहरीले विषको बट्टा पनि फेला परेको छ ।
प्रहरीका अनुसार ललितपुरको इमाडोलकी १७ वर्षीया नीता राउत मृत अवस्थामा भेटिएकी हुन् । ती किशोरी श्रीगुरु गेस्ट हाउसमा असोज ८ देखि बस्दै आएको खुलेको प्रहरीले जनाएको छ ।
उनका प्रेमीले पैसा सकिएर आइतबार आफू बाहिर निस्किएको र सोमबार बिहान गएर हेर्दा कोठामा मृत भेटिएको बयान दिएका छन् ।
प्रहरीले शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ ।