काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई काठमाडौंमा कालोमोसो दलिएको छ । पत्रकार सम्मेलन गरि बाहिरिने क्रममा उनलाई कालोमोसो दलिएको हो।
प्रसाईंलाई नेकपा (एमाले) निकट युवा संगठन राष्ट्रिय युवा संगठनका कार्यकार्ताले कालोमोसो दलेका हुन् ।
उनले होटल एल्लो पगोडामा पत्रकार सम्मेलन राखेका थिए । पत्रकार सम्मेलन सकेर बाहिरिने क्रममा उनीमाथि कालोमोसो दलिएको हो ।