December 9, 2023, Saturday
२०८० मंसिर २४
1:37:26 pm

मेयरविरुद्ध फेसबुकमा लेखेको आरोपमा एक युवक पक्राउ

780

विराटनगर । सामाजिक सन्जालमा मेयरको आलोचना गरेको आरोपका महोत्तरीका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका ३ का ४० वर्षीय बद्रीनाथ झा रहेका छन् ।

झालाई जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारविरुद्ध सामाजिक सन्जाल फेसबुकमा लेखेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ।

मेयर सोनारले झाविरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीमा दर्ता गराएको साइबर अपराधसम्बन्धी जाहेरीको आधारमा झालाई बिहीबार पक्राउ गरिएको हो।

Advertisement

उनीमाथि जिल्ला अदालत महोत्तरीबाट पाँच दिनको म्याद थपेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।