काठमाडौँ । पाकिस्तानी र अजरबैजनी नागरिकले वैदेशिक रोजगारको लागि चेक रिपब्लिक, नर्वे, पोल्याण्ड, पोर्चुगल लगायतका देशमा पठाई दिने भन्दै ठगी गर्ने गरेको पाइएको छ । ठगीधन्दामा संलग्न दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
वर्कपर्मिट लगायतका नक्कली कागजातहरू देखाएर विश्वासमा पारी ठगी गर्ने गरेको जाहेरीको आधारमा रावलपिण्डी पाकिस्तानका नाजिर मोहम्मद र अजरबैनकी अयसेल हुसेनिललाई पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा भिषा प्रोसेसिङको लागि प्रतिव्यक्ति १ हजार डलर लिनेको गरेको, नक्कली अफरलेटर, वर्कपरमिट, भिषालगायतका कागजातहरु देखाउने र विश्वास दिलाउन अजरबैनसमेत घुमाइदिएको खुलेको छ ।
हालसम्म अन्दाजी ८० लाख रकम ठगी गरेको पनि महाननगरिय अपराध महाशाखा, हनुमानढोकाले जनाएको छ।