October 4, 2024, Friday
२०८१ आश्विन १८
1:37:26 pm

सरकारले आफ्नो श्रीमानको हत्या गर्ने रिगलको कैद मिनाहा गरेको भन्दै अनशन सुरु

1.3K

काठमाडौं । श्रीमानको हत्या गर्ने योगराज ढकाल (रिगल)लाई सरकारले कैद मिनाहा गरेकोविरुद्ध उनकी श्रीमती भारती मानन्धरले अनशन सुरु गरेकी छन् । आफ्नो श्रीमान् चेतन मानन्धरको हत्या गर्ने रिगललाई गणतन्त्र दिवसको अवसरमा सरकारले कैद मिनाह गरेको भन्दै उनले माइतीघर मण्डलामा बुधबार बिहानदेखि अनशन सुरु गरेकी हुन् ।

न्याय नपाएसम्म घर नफर्किने भारतीले बताइन् । अनशनस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भनिन्, ‘न्याय नपाएसम्म संघर्ष जारी राख्छु । म मर्न तयार छु तर न्याय नपाएसम्म फर्किन्नँ ।’

रिगल विरुद्ध २८ असार २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो । उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल छुटेका थिए ।

Advertisement

कैद मिनाहा दिने राष्ट्रपतिको सोही निर्णयविरुद्ध चेतनकी चेतनकी श्रीमती भारती अनशन बसेकी हुन् । हत्यामा संलग्नलाई फेरि पनि जेल चलान गर्नुपर्ने उनको माग रहेको छ ।

रिगललाई कैद मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर भएको छ ।