विराटनगर । मोरङ विराटनगर महानगरपालिका–१८ लाभाघाटबाट गाँजा बोकेको एम्बुलेन्ससहित चालकलाई प्रहरीले पक्राउ गरेको छ । गएराति साढे १० बजे इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलिले चेक जाँचको क्रममा को.१ च ४६१९ को एम्बुलेन्सको डिकीमा लुकाएर ल्याएको २१.५ किलोग्राम लागुऔषध गाँजा र नेपाली रुपैया ४० हजार बरामद गरेको हो ।
लागऔषध गाँजा बरामद भएसँगै राजन अधिकारी फाउण्डेसन धरानद्धारा संचालित उक्त नम्बरको एम्बुलेन्स र चालक धरान–११ का ३८ बर्षीय गंगा सरकार र सोही स्थानमा रहेको बिआर३८एएफओ३३६ नम्बरको मोटरसाईकलसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
यसैगरी विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय बुधनगर र अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएका प्रहरी टोलिले बिराटनगर–१८ स्थित खेतको परालमा लुकाई छिपाई राखेको साढे १६.५ किलोग्राम गाँजासमेत बरामद गरेको छ ।
लागुऔषध गाँजासहित पक्राउ परेको एम्बुलेन्स तथा चालकको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।