December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

सन्दीप लामिछाने विरुद्धको मुद्दा फेरि पनि स्थगितमा

480

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दा फेरि पनि स्थगितमा परेको छ । न्यायाधीश अभावका कारण सन्दीपको मुद्दा रहेको फाँटको गोला कुनै पनि न्यायाधीशले नतानेपछि मुद्दा स्थगितमा परेको हो ।

काठमाडौं जिल्ला अदालतमा आइतबार १८ न्यायाधीश मात्रै उपस्थित भएपछि सन्दीपको मुद्दाको मिसिल रहेको फाँट नम्बर २८ को गोला कुनै पनि न्यायाधीशले नतानेपछि आइतबार फेरि स्थगितमा परेको हो ।

२०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा हालसम्म २७ पटक पेसीमा चढिसकेको छ ।

Advertisement