December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

एक वर्षीया छोरीलाई उखुबारीमा बाँधेर भाग्ने महिला पक्राउ

1.1K

काठमाडौं । एक वर्षीया छोरीलाई उखुबारीमा बाँधेर भाग्ने महिला पक्राउ परेकी छिन् । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ अमरैयाकी २५ वर्षीय सर्मिलालाई शनिबार बेलडाँडी गाउँपालिका– ३ वैवाहबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकी सर्मिला बिहीबार बेलुका बेलौरी नगरपालिका–७ सिंहपुुरस्थित उखुबारीभित्र हात बाँधेर एक वर्षीया छोरीलाई छोडी भागेकी थिइन् । बालिकालाई भोलिपल्ट स्थानीयले उखुबारीभित्र रोइरहेको अवस्थामा फेला पारेका थिए ।

माइती घरमा बस्दै आएकी उनी घर जान्छु भन्दै छोरी लिएर निस्किएकी थिइन् । तर, बालिकाको दुबै हात उखुबारीमा बाँधेर उनी त्यहाँबाट भागेकी थिइन् । स्थानीय र प्रहरीले उद्धार गरेर ती बालिकालाई मावलीतर्फको हजुरआमाको जिम्मा लगाएका थिए ।

Advertisement

पक्राउ परेकी सर्मिलालाई ईलाका प्रहरी कार्यालय बेलौरी लगिएको जनाइएको छ ।