December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

डलर साटिदिन्छु भन्दै ठगी गरेको अभियोगमा पक्राउ

905

काठमाडौं । डलर साटिदिन्छु भन्दै ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–२ का सोकबहादुर तामाङ रहेका छन् ।

तामाङले डलर सटही गरिदिन्छु भन्दै ठगी गर्न लागेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा बनेपा नगरपालिका–६ मा पर्ने जंगलबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले अमेरीकी डलर ५० दरको थान १३ गरी जम्मा ६५० डलर, नेपाली २० रुपैयाँको ६०० थान गरी जम्मा १२ हजार र मोबाइल ३ थान बरामद गरिएको छ ।

पक्राउ परेका तामाङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement