काठमाडौं । बाँकेको एक बाल सुधार गृहमा झडप हुँदा एकजनाको मृत्यु भएको छ । बिहीवार राती डुडुवा गाउँपालिकास्थित जयेन्दु बालगृहमा रहेका दुई समूहबिच झडप हुँदा एक जनाको मृत्यु हुनुका साथै १० जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा अपहरण, शरिरबन्धक र जबरजस्ती करणीको मुद्दामा सजाय पाएका कपिलवस्तु रुद्रपुरका सुलभ केसी रहेका छन् । झडपमा घाइते भएका उनको उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।
गम्भीर घाइतेहरूको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । प्रहरीका अनुसार बाल सुधार गृहभित्र राती झडप नियन्त्रणका लागि सुरक्षा निकाय समेत प्रवेश गर्न समस्या भएको थियो ।