November 28, 2023, Tuesday
२०८० मंसिर १३
1:37:26 pm

पूर्वप्रेमीद्वारा प्रेमिका र उनकी ९ महिनाकी छोरीको हत्या

905

काठमाडौं । सल्यानमा आधा शरीर जलेको अवस्थामा शव फेला परेको आमाछोरीको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । ३० भदौ बिहान आफ्नै घरमा मृत फेला परेका त्रिवेणी गाउँपालिका–२ थापा टोलकी २९ वर्षीय रेवती थापा र उनकी ९ महिनाकी छोरी रितु थापाको हत्यामा संलग्न रहेको आरोपमा रेवतीको पूर्व प्रेमीलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सिद्धकुमाख गाउँपालिका–२ खानीगाउँका २८ वर्षीय कर्णबहादुर बस्नेत रहेका छन् । सुरुमा ग्यास लिक भएर आगलागी हुँदा जलेर आमा छोरीको मृत्यु भएको भनिएपनि अनुसन्धानबाट हत्या गरिएको पुष्टि भएको हो ।

प्रहरीका अनुसार रेवतीको विवाह हुनुपूर्व कर्णबहादुर र रेवतीबीच प्रेम सम्बन्ध थियो । करिब ७ वर्ष अगाडिदेखि चिनचान रहेको दुईजनाबीच कुराकानी हुँदै जाँदा गहिरो प्रेम सम्बन्धमा परेको र पटकपटक शारीरिक सम्बन्धसमेत स्थापित भएको थियो । दुबैबीच विवाह गर्ने सम्मको कुरा भएको अभियुक्तले बताएको प्रहरीले जनाएको छ। शारीरिक सम्बन्धनको क्रममा दुबैको सहमतिमा अश्लील तस्वीर र भिडिओसमेत बनाइएको अनुसन्धानबाट खुलेको छ ।

Advertisement

प्रेम सम्बन्ध चलिरहेकै बेला कर्णबहादुर रोजगारको सिलसिलामा दुबई गएका थिए । त्यहाँ रहेकै बेला रेवतीले त्रिवेणी गाउँपालिका–२ का शुकलाल थापासँग बिहे गरिन्। रेवतीको विवाहपछि पनि दुई वर्ष अगाडि कर्णसँग विभिन्न माध्यमबाट कुरा भइरहेको देखिएको प्रहरीले जनाएको छ । फोटो र भिडियोकै बारेमा विवाद बढ्दै जाँदा ८ महिना अगाडिबाट कर्णले दुबईमा नै रहेका बेला नेपाल फर्कनासाथ हत्या गर्ने योजना बनाएको देखिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार बस्नेतले पेट्रोल र सलाई किनेर रातको १० बजेतिर रेवतीको घरमा पुगेका थिए । घरभित्र छिरेर सुरुमा रेवतीको घाँटी कपडाले कसेर लडाएका थिए । त्यसपछि बीभत्स तवरबाट शरीरमा पेट्रोल छर्केर आगो लगाइदिएका थिए । हत्यापछी उएए घर फर्किएक थिए ।

रेवतीका श्रीमान् शुकबहादुर थापा भने रोजगारीका लागि भारतमा थिए ।