November 3, 2024, Sunday
२०८१ कार्तिक १८
1:37:26 pm

अर्काको सिमकार्ड आफ्नो नाममा ल्याएर बैंक खाताबाट रकम निकाल्ने पक्राउ

1.8K

काठमाडौं । अर्काले प्रयोग गर्दै आएको सिमकार्ड आफ्नो नाममा ल्याएर उसको बैंक खाताबाट रकम निकाल्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको पाँचखाल नगरपालिका–६ निवासी २२ वर्षीय सरोज दिवाली रहेका छन् ।

हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्दै आएका उनले अर्काको सिमकार्डलाई मोबाइल सेवा प्रदायक कम्पनीबाट आफ्नो नाममा नामसारी गरी सोही मोबाइल नम्बरबाट मोबाइल बैंकिङ एक्टिभ गराएर पीडितको खातामा रहेको ६ लाख २ हजार ५४८ रुपैयाँ निकालेको प्रहरीले जनाएको छ ।

उनलाई प्रचलित कानुन अनुसार ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौँमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Advertisement