September 21, 2023, Thursday
२०८० आश्विन ५
1:37:26 pm

तीनकुने हत्या प्रकरण : पुरानो दुस्मनीका कारण हत्या, पक्राउ परेका व्यक्ति बोल्न नसक्ने

1.1K

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको ४ जनाको सामूहिक हत्यामा संलग्न युवकलाई प्रहरीले सार्वजनिक गरेको छ । हत्या स्वीकार गरेका सिन्धुपाल्चोक घर भएका २३ वर्षीय सञ्जय भण्डारीलाई आइतबार साँझ प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार बोल्न नसक्ने उनले मृत्यु भएका नवीन भनिने विशाल र राईसँगको पुरानो दुस्मनीको बदला लिन यस घटना घटाएका हुन् । घटनापछि खुकुरीसहित भागेका उनलाई प्रहरीले सीसीटीभी फुटेजको सहयोगमा पक्राउ थियो ।

उपत्यका अपराध अनुसन्धान कार्यालय एसएसपी सोमेन्द्र सिंह राठौरका अनुसार उनलाई केही समयअघि चाबहिलमा नवीन राई सवार मोटरसाइकलले ठक्कर दिएको र सोही क्रममा विवाद भएर सिसिइबी बढेको र त्यसकै निहुँमा उनी बसेको स्थान फेला पारेर हत्या गरेको खुलेको छ । ठक्कर दिएपछि राईले उनलाई कुटपिट पनि गरेका थिए । भण्डारीले त्यसपछि राईसँग पटक–पटक मोटरसाइकलले ठक्कर दिएको घटनाका विषयमा कुरा गर्न खोजेका प्रहरीले जनाएको छ ।

Advertisement

नवीनसँग मात्रै दुष्मनी भएपनि पोल खुल्न डरले उनले अन्य तीन जनाको पनि हत्या गरेको खुलेको अनुसन्धानबाट खुलेको छ । एसएसपी राठौरले भने, ‘कुरा हुन नसकेपछि शुक्रबार उनी काँडाघारीबाट खुकुरी बोकेर राईले काम गर्ने मिलमा गएका थिए । मिलमा उनले सुरूमा राईको टाउकोमा खुकुरी हानेर हत्या गरे । त्यसपछि मिलमा अरू मान्छे पनि देखेपछि उनीहरूले प्रहरीलाई भनिदिन्छन् भन्ने ठानेर अरू तीन जनाको पनि त्यही खुकुरीले हानेर हत्या गरेको देखिन्छ ।’

हत्या हुनेमा सुरक्षागार्ड कुमारकी पत्नी अम्बिका भुजेल, उनकी आमा करिब ७० वर्षीय सुमित्रा भुजेल र मोरङ घर भएका १९ वर्षीय नवीन राई रहेका छन् । उनीहरुको टाउको र शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट देखिएको छ । कुमार भुजेल करिब ५६ वर्षका छन् ।