September 21, 2023, Thursday
२०८० आश्विन ५
1:37:26 pm

तीनकुने हत्या प्रकरण: सञ्जय भण्डारीद्धारा ४ जनाको हत्या गरेको स्वीकार

585

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको ४ जनाको सामूहिक हत्यामा संलग्न आरोपमा पक्राउ परेका युवकले हत्या गरेको स्विकार गरेका छन् । सिन्धुपाल्चोक घर भएका सञ्जय भण्डारीले सामूहिक हत्या गरेको स्विकार गरेको गरेका हुन् ।

शुक्रबार मध्यराति गैह्रिगाउँस्थित दिव्य सःमिलमा सुरक्षा गार्डको जिम्मेवारीमा रहेका कुमार भुजेलसहित चार जनाको हत्या भएको थियो । उक्त हत्याका आरोपी भण्डारीलाई केही बेरमा सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

हत्या हुनेमा सुरक्षागार्ड कुमारकी पत्नी अम्बिका भुजेल, उनकी आमा करिब ७० वर्षीय सुमित्रा भुजेल र मोरङ घर भएका १९ वर्षीय नवीन राई रहेका छन् । उनीहरुको टाउको र शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट देखिएको छ । कुमार भुजेल करिब ५६ वर्षका छन् ।

Advertisement