September 21, 2023, Thursday
२०८० आश्विन ५
1:37:26 pm

सामूहिक बलात्कारको आरोपमा दुईजना पक्राउ

555

काठमाडौं । स्याङ्जामा सामूहिक बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–८ का २५ वर्षीय सुवास गुरुङ र २७ वर्षीय मदन गुरुङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पक्राउ परेका दुईजनाले ३२ वर्षकी अपांगता भएकी महिलालाई सामूहिक बलात्कार गरेको आरोप छ । उनीहरुले भदौ २० गते वौद्धिक अपांग भएकी ती महिलालाई आफ्नै घरमा बसिरहेको अवस्थामा सामूहिक बलात्कारमा गरेका थिए ।

जाहेरीपछि उनीहरुलाई नियन्त्रणमा लिएर जबरजस्ती करणी मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न शुक्रबार नै जिल्ला अदालत स्याङ्जाबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।

Advertisement