September 25, 2023, Monday
२०८० आश्विन ८
1:37:26 pm

काठमाडौंको तीनकुनेमा ४ जनाको हत्या, २८ वर्षीय दीपेन्द्र राई पक्राउ

595

काठमाडौं । काठमाडौंको तीनकुनेमा धारिलो हतियार प्रहारबाट ४ जनाको हत्या भएको छ । तीनकुनेको गैह्रीगाउँस्थित दिव्य स: मिलमा एकै घरका ३ जनासहित ४ को हत्या गरिएको हो ।

मृतकमध्ये दोलखाका करिब ५५ वर्षीय कुमार भुजेल, पत्नी अन्दाजी ५२ वर्षकी अम्बिका भुजेल र आमा ७६ वर्षकी शुभद्रा भुजेल काठ मिलमै बस्थे र राति मिलको रेखदेख गर्थे । अर्का मृतक मोरङ बेलबारीका नवीन राई भने बास बस्न आएको हुन सक्ने स्थानीयको अनुमान छ ।

उक्त घटनामा संलग्न रहेको आरोपमा एकजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रकरणमा पक्राउ परेका २८ वर्षीय दीपेन्द्र राई आफैं प्रहरी चौकीमा पुगेको खुलेको छ । उनी घटनालगत्तै एक जना व्यक्ति आफैं ट्याक्सी चढेर तीनकुनेस्थित प्रहरी वृत्त नयाँबानेश्वर पुगेका थिए ।

Advertisement

घटनाको थप अनुसन्धान भइरहेको र मृतकको शव पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । 

घटनास्थल काठमाडौंको तीनकुनेबाट एयरपोर्टतर्फ मोडिने ठाउँमा अन्नपूर्ण पोष्टको कार्यालय नजिकै रहेको छ । हत्या भएको फर्निचर उद्योग भित्री गल्लीमा नभई मुख्य बाटोसँगै जोडिएको छ । एकतल्ले टिनको छाप्रोभित्र चिरानी काठहरु थुपारिएका छन् । स्थानीयका अनुसार त्यहाँ राति कुनै हल्लाखल्ला सुनिएको थिएन ।

मृतकमध्ये दोलखाका करिब ५५ वर्षीय कुमार भुजेल, पत्नी अन्दाजी ५२ वर्षकी अम्बिका भुजेल र आमा ७६ वर्षकी शुभद्रा भुजेल काठ मिलमै बस्थे र राति मिलको रेखदेख गर्थे । अर्का मृतक मोरङ बेलबारीका नवीन राई भने बास बस्न आएको हुन सक्ने स्थानीयको अनुमान छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा राईका बुवा दिव्य सःमिलमै लामो समय काम गरेर छोडेका थिए । बुवाले काम गर्ने भएकोले पहिलेदेखि नै नवीन त्यहाँ आउनेजाने गर्थे । हत्या भएका नवीन राई उनका साथीसमेत हुन् ।