September 25, 2023, Monday
२०८० आश्विन ८
1:37:26 pm

डा. ढाकाकुमार श्रेष्ठबारे भ्रामक सूचना सम्प्रेषण गरेको आरोपमा एकजना पक्राउ

580

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठबारे सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेषण गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जा आँधीखोला गाउँपालिका–५, ठूलीबराहका ३५ वर्षीय सुर्यबहादुर रेग्मी रहेका छन् ।

पक्राउ परेका रेग्मीले केही दिनअघि सामाजिक सञ्जाल फेसबुकबाट श्रेष्ठ बारे गलत सूचना सम्प्रेषण गरेका थिए । आफूबारे नभएको सूचना सामाजिक सञ्जालमा देखेपछि श्रेष्ठले रेग्मीविरुद्ध प्रहरीमा दिएको उजुरीको आधारमा रेग्मीलाई पक्राउ गरएको प्रहरीले जनाएको छ ।

बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

Advertisement

पक्राउ परेका रेग्मीलाई विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको कसुर (साइबर अपराध)अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।