November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अपरिचित समूहद्वारा पिकअप भ्यानमा आगजनी

2.8K

सप्तरी– सप्तरीको विष्णुपुर गाउँपालिका–६ गोरगमा सोमबार बिहान एउटा पिकअप भ्यानमा आगजनी गरिएको छ। स्थानीय बेचन मुखियाको पिकअप भ्यानमा बिहान अपरिचित व्यक्तिको एक समूहले आगजनी गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आफ्नो घर अगाडि राखिएको स १ च १७२५ नं को भ्यानमा आगजनी गर्दा अगाडिको भाग पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए।

बिहान करिब १ः०० बजेतिर घर अगाडि पार्किङ गरी राखिएको  अवस्थामा परालमा पेट्रोल छर्केर आगजनी गरेको पीडित मुखियाले बताए। सो आगलागीबाट झण्डै २४ लाख रूपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले अनुमान गरेको छ। पिकअपमा आगजनी व्यक्तिगत रिसिबीका कारण गरेको हुनसक्ने अनुमान गरिएको छ।  घटनामा संलग्नको खोजी र घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement