September 22, 2023, Friday
२०८० आश्विन ५
1:37:26 pm

प्रतिबन्धित लागुऔषध सहित तीन भारतिय नागरीक पक्राउ

450

झापा । झापाको भद्रपुर नगरपालिका–८ बिमानस्थल छेउबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित २ जना र काकडभिट्टाबाट १ जना गरी तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ, जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टाको संयुक्त प्रहरी टोलीले मंगलवार दिउँसो तिन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारतिय नागरीक दार्जिलिङ जिल्ला नक्शालवारीकी २८ बर्षीया कल्याणी बर्मनी, २८ बर्षीया राधा बर्मनी र २४ बर्षीय कल्याण बर्मण रहेका छन् ।

Advertisement

राधा र कल्याणी ९८ ग्राम ९०० मिलिग्राम लागुऔषध ब्राउनसगुर सहित भद्रपुरबाट पक्राउ परेका हुन् भने कल्याण बर्मण ९८ ग्राम ९०० मिलिग्राम लागुऔषध सहित काकडभिट्टाबाट पक्राउ परेका हुन् ।

लागुऔषध सहित पक्राउ परेका उनिहरूको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।