April 22, 2026, Wednesday
२०८३ बैशाख ९
1:37:26 pm

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार

1K

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ । उनी काठमाडौंको भृकुटीमण्डपस्तिथ रिपोटर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा आक्रमण परेका हुन् ।

टाउको पछाडि चोट लागेका यादवलाई उपचारका लागि वीर अस्पताल लगिएको प्रहरीले जनाएको छ । उनीमाथि धारिलो हतियारले आक्रमण गरिएको बताइएको छ ।

यादवमाथि खुकुरी प्रहार गरेको आरोपमा नुवाकोट घर भएका श्यामबाबु सापकोटा पक्राउ परेका छन् । उनले किन सहमहामन्त्री यादवमाथि सांघातिक आक्रमण गरेका हुन् खुलिसकेको छैन।

Advertisement