November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नेपाल प्रहरी द्वारा नर पिचास पक्राउ

3.7K

काठमाडौँ – १८ बर्षकै उमेरदेखि यस्तो धन्दामा लागेका युवक प्रहरीको फन्दामा परेका छन् । रुपन्देही, तिलोत्तमाका १७/१८ वर्षीय नरपिचास नामक युवकलाई साइबर ब्युरोले बुटवलबाट समातेर काठमाण्डौ ल्याएको हो ।

भायानेट कम्युनिकेशन प्रालि इन्टरनेट सेवा प्रदायकका ग्राहकहरुको तथ्यांकमा अनधिकृत पहुँच पुर्याई सामाजिक सञ्जालमा स्क्रिप्ट सार्वजनिक गरेको भन्ने सूचना र निवेदनको आधारमा जिल्ला अदालत काठमाडौँबाट अनुमति लिई उनलाई समातिएको बताइन्छ ।

ती युवकले नाम परिवर्तन गरी ‘नरपिचास’ नामको ट्वीटर ह्यान्डल, तथा फेसबुक र इन्स्टाग्रामको माध्यमबाट अनाधिकृत रुपले डाटा लिने गरेका थिए ।प्रहरीले उक्त कार्य विधुतीय कारोबार ऐन २०६३ को परिच्छेद ९ बमोजिमको कसुर भएकाले सोहीअनुसार अनुसन्धान भैरहेको जनाएको छ।

Advertisement

साइबर ब्यूरोका प्रवक्ता एसएसपी नबिन्द अर्यालका अनुसार ती युवाले ग्राहकहरुको विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका थिए ।उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ को परिच्छेद ९ आकर्षित हुने प्रहरी अधिकारीहरुको भनाई छ ।जनआस्था