काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दाकी पीडित किशोरीले आत्महत्या प्रयास गरेकी छिन् । मुद्दाको फैसला हुने पेशी तोकिएको एक दिनअघि ‘गौशाला २६’ ले आत्महत्याको प्रयास गरेकी हुन् ।
हाल थापाथलीस्थित नर्भिक अस्पतालमा उनकोउपचार भइरहेको छ । प्रहरी स्रोतका अनुसार उनले चिकित्सकले दिएकै औषधि बढी सेवन गरिएको हुनसक्ने बताएको छ । अहिले उनको अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ ।
क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको भोली आइतबार अन्तिम सुनुवाइको पेशी तोकिएको छ ।