April 13, 2024, Saturday
२०८१ बैशाख २
1:37:26 pm

लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ

840

बिराटनगर । झापा र मोरङको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले हिजो साँझ साडे ५ बजे बिर्तामोड नगरपलिक-४ नयाँ बिजुली अफिस छेउबाट स्थानिय ३५ बर्षीय सन्तोष भन्ने तेज बहादुर राई र ३८ बर्षीय राज भन्ने कृष्ण लिम्बुलाई १० ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको थियो ।

यसैगरी मोरङको विराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाटबाट नेपाल तर्फ आउदै गरेका सुनसरीको ईटहरी उप-महानगरपालिका-८ का २६ बर्षीय बिशाल सिंहलाई लागुऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले १ ग्राम २८ मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको थियो । पक्राउ परेका तिनैजना उपर सम्बन्धीत प्रहरी कार्यालयहरुबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement