January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ

1.1K

विराटनगर । झापाको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका-९ का ३० बर्षीय रमेश सिवा र बिर्तामोड नगरपालिका-३ का ३४ बर्षीय रोशन राजवंशी र २१ बर्षीय रोहित राजवंशी रहेका छन् ।

उनीहरूलाई बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार साँझ पक्राउ गरेको हो ।

रमेश सिवालाई २ ग्राम ५०० मिलिग्राम लागुऔषध खैरो हेरोईन सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । यस्तै, ४ ग्राम ५०० मिलिग्राम लागुऔषध ब्राउनसुगर र नगद नेपाली रूपैयाँ छयत्तर हजार, तीन सय पन्ध्र सहित रोशन राजवंशी र रोहित राजवंशीलाई प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

Advertisement

पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।