November 28, 2023, Tuesday
२०८० मंसिर १३
1:37:26 pm

ललिता निवास प्रकरण: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दिए सिआइबीलाई बयान

710

काठमाडौं । ललिता निवास प्रकरणमा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीलाई बयान दिएका छन्। उनले आइतबार साँझ ५ बजे  नै सिआइबीका अधिकारीलाई घरमा बोलाएर त्यतिबेला आफूलाई थाहा भएको विवरण बताएको जनाइएको छ ।

भट्टराईले सामाजिक संजालमा लेखेका छन्, ‘ललिता निवास प्रकरणमा मैले आफ्नो मन्त्रीपरिषद्वारा गरिएको निर्णयसम्बन्धी सत्यतथ्य जानकारी सिआइबीलाई दिएको छु । यो प्रकरणलाई सकारात्मक निष्कर्षमा पुर्याएर देशमा भ्रष्टाचार र अनियमितता अन्त्य गर्न मदत पुगोस् भन्ने कामना गर्दछु।’

ललिता निवासको सरकारी जग्गा नक्कली मोही खडा गरेर व्यक्तिका नाममा दर्ता गर्ने प्रकरणमा सिआइबीले अनुसन्धान गरिरहेको छ। उक्त प्रकरणमा सर्वोच्च अदालतले पिरामिडको माथिल्लो संरचनामा रहेकाहरूलाई पनि अनुसन्धानका दायरामा ल्याउन आदेश दिइसकेको छ। तर, सिआइबीले पूर्वप्रधानमन्त्री भट्टराई र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि बयान लिएको थिएन।

Advertisement

गठबन्धनका नेताहरूले पूर्वप्रधानमन्त्रीलाई बोलाएर सिआइबीले बयान लिँदा गलत नजिर बस्ने तर्क गरेका थिए।


    Warning: mysqli_query(): (HY000/1021): Disk full (/tmp/#sql-temptable-7c63e-96e255-7aaa.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device") in /home/nepalmamila/public_html/wp-includes/class-wpdb.php on line 2349

    WordPress database error: [Disk full (/tmp/#sql-temptable-7c63e-96e255-7aaa.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]
    SELECT SQL_CALC_FOUND_ROWS DISTINCT wp_posts.*, SUM( COALESCE( pvc.count, 0 ) ) AS post_views FROM wp_posts LEFT JOIN wp_post_views pvc ON pvc.id = wp_posts.ID AND pvc.type = 4 WHERE 1=1 AND ( wp_posts.post_date >= '2023-11-26 02:28:35' ) AND ((wp_posts.post_type = 'post' AND (wp_posts.post_status = 'publish' OR wp_posts.post_status = 'acf-disabled'))) GROUP BY wp_posts.ID HAVING post_views > 0 ORDER BY post_views DESC, wp_posts.ID DESC LIMIT 0, 5