July 21, 2024, Sunday
२०८१ श्रावण ६
1:37:26 pm

सुन बरामद प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ

1.6K

काठमाडौं । थप दुई जना चिनियाँ नागरिक ६० किलो सुन बरामद प्रकरणमा पक्राउ परेका छन् । गएराति प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धानका क्रममा काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको हो ।

हालसम्म पक्राउ परेकामध्ये उनीहरु सबैभन्दा उच्च तहमा काम गर्ने व्यक्ति भएको प्रहरीले जनाएको छ । उनीहरूको नाम प्रहरीले खुलाएको छैन ।

प्रहरीले गएको बिहीबार पनि चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । उनीहरुमध्ये डिङ सेल्फा र ली नेङ्काई सुन ओसारपसारमा संलग्न व्यक्ति भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

Advertisement

ललितपुरको डाउन टाउन अपार्टमेन्टमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुसँगै बस्ने प्रबन्ध मिलाइदिने ठमेलस्थित केटीबी काराओके रेष्टुरेन्टका दुई सञ्चालक पनि हिरासतमा छन् ।