March 24, 2025, Monday
२०८१ चैत्र १२
1:37:26 pm

लागुऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ

1K


विराटनगर । लागुऔषध मुद्धाका एकजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–१२ का २६ बर्षीय सन्जिप परियार रहेका छन् ।

उनलाई सुनसरी जिल्ला अदालतको मिति २०७६ श्रावण १६ गतेको सजाय निर्धारण फैसला आदेशले लागुऔषध मुद्धामा १ महिना १३ दिन कैद र २ हजार जरिवाना तोकिएको थियो । हालसम्म फरार रहेका उनलाई पक्राउ गरी अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनलाई तोकिएको सजाय भुक्तानको लागी झुम्का कारागरा पठाएको छ ।

Advertisement