September 22, 2023, Friday
२०८० आश्विन ५
1:37:26 pm

आमाको हत्या आरोपमा छोरा पक्राउ

330

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ फाकुम्बाका ३३ बर्षीय डिल्ली कुमार लिम्बुलाई आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

सोमबार बिहान साढे १० बजेको समयमा लिम्बुले ६३ बर्षीया आमा धनमाया लिम्बुलाई धारिलो हतियार बाम्फोकले प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको थियो ।

खबर प्राप्त हुनसाथ प्रहरी चौकी साँघुबाट प्रहरी टोली खटि गई लिम्बुलाई नियन्त्रणमा लिएको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भईरहेको छ ।

Advertisement

तस्बिरः फाइलमा आधारित