October 4, 2024, Friday
२०८१ आश्विन १८
1:37:26 pm

भावना तामाङलाई १५ महिनाको कैद सजाय, पीडितलाई सुनसहित ९० लाख दिनुपर्ने

1.4K

भावनाले आफ्नो नाममा पास गरेकी जग्गा पनि फिर्ता हुने

काठमाडौँ । ‘हनी ट्र्याप’ प्रकरणमा भावना तामाङलाई १५ महिना १५ दिनको कैद सजाय हुने भएको छ । जिल्ला अदालत भक्तपुरले ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा उक्त सजायका साथै पीडितलाई सुनसहित ९० लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले भावनालाई सो कैद र क्षतिपूर्तिसहित १५ हजार रुपैयाँ जरिवाना गराउने फैसला सुनाएका हुन् । त्यसैगरी भावनाले झुक्यानमा पारी आफ्नो नाममा पास गरेकी जग्गा पनि फिर्ता हुने फैसला सुनाइएको हो ।  

भावना तामाङविरुद्ध विवाहको नाटक गरी सम्पत्ति आफ्नो बनाएपछि जापान पुगेर डिभोर्स गर्न दबाब दिएको भन्दै फुर्वाले जिल्ला प्रहरी परिसर भक्तपुरमा ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दर्ता गराएका थिए । सोही जाहेरीमा अनुसन्धान गरी प्रहरीले सरकारी वकिलमार्फत २०७९ असार १० गते भक्तपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

Advertisement

भक्तपुर जिल्ला अदालतले सुरुमा ‘तत्काल प्राप्त प्रमाणबाट भावना कसुरदार होइनन् भनी भन्न नसकिने’ भन्दै उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर, त्यसपछि जिल्ला अदालतको आदेश नमिलेको भन्दै भावना उच्च अदालत पुगे पनि उच्च अदालतले थुनामा पठाउने भक्तपुर जिल्ला अदालतकै फैसला सदर गर्दै भावनालाई थुनामै राख्ने आदेश दिएको थियो ।

भावनाले फूर्वाविरुद्ध वैवाहिक बलात्कारको मुद्दा दायर गरेकी थिइन् । तर, उक्त मुद्दामा फुर्वालाई अदालतले धरौटीमा रिहा गरेको थियो ।