March 24, 2025, Monday
२०८१ चैत्र १२
1:37:26 pm

सुनिल शर्मालाई थुनामुक्त गर्न आदेश

1.4K

काठमाडौं। नेपाली काँग्रेसका सांसद डा सुनिल शर्मालाई थुनामुक्त गर्न आदेश दिएको छ । नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा पक्राउ परेका शर्मालाई जिल्ला अदालत काठमाडौंले थुनामुक्त गर्न आदेश दिएको हो ।

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले शर्मालाई बिहीवार गोल्फुटारबाट प्रहरीले पक्राउ गरेको थियो ।

न्यायाधीश दण्डपाणि शर्माको इजलासले शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो।

Advertisement